विषयगत राय ब्यारोमिटर: आप्रवासन | नेपाली | Nepali

परिचय

Francisco Manuel dos Santos Foundation का लागि DOMP ले गरेको यस अध्ययनले समसामयिक मामिलाका सम्बन्धमा नागरिकका राय मापन गर्ने लक्ष्य राखेको छ।

फ्रान्सिस्को म्यानुएल डोस सान्तोस फाउन्डेसन एक स्वतन्त्र र गैर-नाफामुखी संस्था हो जसले सान्दर्भिक सामाजिक मुद्दाहरूमा अध्ययन गर्छ र पोर्चुगल र युरोपको तथ्याङ्क प्रसार गर्छ, जुन यसको वेबसाइट, सामाजिक सञ्जाल र पोर्डाटा मार्फत अनलाइन उपलब्ध छ।

यो वैज्ञानिक अध्ययनको उद्देश्य पोर्चुगलमा बसोबास गर्ने आप्रवासीहरूलाई आवाज दिनु हो जसकारण हामी उहाँहरूको आप्रवासको अनुभव र पोर्चुगल, पोर्चुगाली र सम्बन्धित विषयहरूका बारेमा उहाँहरूको विचारलाई राम्रोसँग बुझ्न सक्छौँ। हामी पोर्चुगलमा जन्म नलिएका, पोर्चुगाली नागरिकता नपाएका र एक वर्षभन्दा बढी समयदेखि त्यहाँ बस्दै आएका 18 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको अन्तर्वार्ता लिने योजनामा छौँ। देशभरका फरक-फरक विशेषता भएका व्यक्तिहरूको विचार सुन्न सक्नु धेरै महत्त्वपूर्ण हुन्छ।

तपाईंका उत्तरहरू नामरहित र गोप्य छन्। तपाईंलाई कुनै पनि प्रश्नको उत्तर थाहा छैन वा तपाईं उत्तर दिन चाहनुहुन्न भने तपाईंले यसलाई सङ्केत गरेर अर्को प्रश्नमा जान सक्नुहुन्छ। तपाईं कुनै पनि समयमा अध्ययन रोक्न वा फिर्ता लिन सक्नुहुन्छ। अध्ययनको नतिजाबाट सहभागीहरूलाई पहिचान गर्न कहिल्यै सम्भव हुने छैन। सबै डाटा यस अध्ययनको उद्देश्यका लागि मात्र प्रयोग गरिने छ।

तपाईं यस अध्ययनका बारेमा कुनै पनि प्रश्न सोध्न चाहनुहुन्छ भने कृपया DOMP लाई barometro@domp.eu मा सम्पर्क गर्नुहोस्।

तपाईंको सहयोगका लागि अग्रिम धन्यवाद!
1.मैले अध्ययनका बारेमा जानकारी पढेको छु, मलाई म जुनसुकै बेला फिर्ता लिन सक्छु र मेरो पहिचान नामरहित र गोप्य राखिने छ भनी थाहा छ भनेर घोषणा गर्दछु। म अध्ययनमा भाग लिनका लागि सहमत छु भनी घोषणा गर्दछु।(आवश्यक.)
गोपनीयता और कुकीज़ से जुड़ी सूचना